सार्वजनिक भयो ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

नेपाल र भारतमा एकैदिन प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक भएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत टिजर सार्वजनिक गरिएको हो । टिजरमा फिल्मका मुख्य पात्र प्रेम (प्रदीप खड्का) ले गीत वा राजगद्दीमध्ये एक रोज्नुपर्ने बाध्यता देखाइएको छ ।

एक मिनेट लामो टिजरमा धेरैजसो समय उनलाई नै देखाइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । फिल्ममा हिउँले भरिएको मुस्ताङको दृश्य समेटिएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज गर्ने तयारी छ ।

फिल्ममा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदिको भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?