लोकप्रिय गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वरमा रहेको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ ।
अमर वन्तुको शब्द र सन्तोष श्रेष्ठले संगीत भरेको तीज गीत हिन्दू नारीहरुको पर्व तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिषेक खड्का, नरेशवीर सिंहले अभिनय गरेका छन् ।
स्मृति तिमिल्सिनाले भिडियोको निर्देशन गरेकी छन् । यो गीतको भिडियो गायिका सहिमा श्रेष्ठकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।