रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रमका क्रममा गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ ।
स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागी एक व्यक्तिले क्यान बोतल प्रहार गरेका हुन् ।
‘बोल माया’ गीत गाइरहँदा दर्शकदीर्घाबाट प्रहार गरिएको बोतल सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेपछि कन्सर्ट आधा घण्टा प्रभावित भएको थियो ।
उनीमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेको बताइएको छ । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।
कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।