टोकियो । जापानमा बस्दै आएकी एक नेपालीको मृत्यु भएको छ ।
नेपालको चितवन जिल्ला लंकुकी स्थायी बासिन्दा भिमा कंडेल पाण्डेको उपचारका क्रममा निधन भएको हो । जापानको नागायामा बस्दै आएकी कंडेललाई स्वास प्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।
कंडेलको सिनोदावासी स्टेशन नजिकै रहेको नागोया हार्ट सेन्टरमा मृत्यु भएको हो । मृतकका भिनाजु विनोद सापकोटाका अनुसार उनको शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।
करिब डेढ महिना अघि मात्र जापान आएकी कंडेलको जापान आएको केही दिन पछि नै श्वास प्रश्वासमा समस्या देखिएको थियो । उनको श्रीमान डेढ वर्ष देखि जापानमा रहदै आएका थिए ।
उनको पार्थीव शरीर अस्पतालमै राखिएको छ । सेप्टेम्बर १९ मंगलबारका दिन अन्त्येष्टि गर्ने तयारी गरिएको छ । अन्त्येष्टिमा सहभागी भईदिनका लागि जापानमा रहेका चितवनबासी, एनआरएन लगायत बिभिन्न संघसंस्थामा आबद्ध नेपालीहरुलाई उनको परिवारले आग्रह गरेको छ ।