टोकियो । जापानको आत्म रक्षा बल (एमएसडीएफ) ले जापान सागरमा उडानका क्रममा सम्पर्क टुटेको हेलिकोप्टरको उडान रेकडै पत्ता लगाएको छ । उक्त हेलिकोप्तरमा सवार चार मध्ये तीन जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
शनिबार राति १०ः५० बाटसम्पर्क टुटेको उक्त हेलिकोप्टर एसएच–६० पुर्वोत्तर जापानको आओमोरी समुद्री क्षेत्रबाट ९० किलोमिटर पर पुगेको थियो ।
आत्मरक्षा बलका अधिकारीका अनुसार एक पानी जहाजले रेकर्ड गरेको अडियो तथ्यांक बरामद भएको छ, जसमा दुर्घटना भएको हुनसक्ने संकेत छ ।
हेलिकोप्टरमा सवार एकको उद्दार गरि अस्पतालमा भर्ना गरिएको छ । उनी अचेतरहेका कारण थप अनुसन्धान हुन सकिरहेको छैन ।