टोकियो । चितवन समाज जापानको अधिवेशन अगस्ट १२ तारिखका दिन टोकियोमा हुने भएको छ ।
आउँदो अगस्ट १२ तारिखका दिन शनिवार टोकियोको सिनोकुवोस्थित नमस्ते गीत गजल रेष्टुरेण्टको सभाहलमा हुने आयोजकले जनाएको छ । अधिवेशन मध्यान्ह १२ बजेबाट सुरु हुने छ ।
अधिवेशन आयोजक समितिका संयोजक अर्जुन अधिकारीका अनुसार अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । समाजको केन्द्रीय अधिवेशन भएकाले चितवनवासीहरूलाई सहभागिता जनाउन पनि आयोजकले आग्रह गरेको छ ।
अधिवेशनमा वर्तमान कार्यसमितिले गरेका कामहरु र आर्थिक आय व्यय विवरण पेश समेत गरिने अध्यक्ष सरोज कंडेलले बताए ।
चितवन समाजले यस विचमा विविध सामाजिक काम गरिसकेको अध्यक्ष कंडेलले बताए ।