चुनाव हारेपछि प्रधानमन्त्री आबेले भने–जनताले परिवर्तन चाहेका छन्

टोकियो । प्रधानमन्त्री सिन्जो आबेले जनताले गतिशिलता चाहेको बताएका छन् । टोकियो एसेम्बलीको चुनावमा आफ्नो पार्टी लिबरल डेमोक्रेटी नमज्जासँग पराजित भएपछि आबेले टोकियो कमिटिले जनताको भावना अनूरुप काम गर्न नसकेको बताए ।

उनले पार्टी गतिशिल बन्न नसक्दा पराजय व्यहोर्नु परेको बताउँदै जनताले परिवर्तन चाहिरहेको बताए ।

उनले आफु जनताको परिवर्तनका चाहना पुरागर्न प्रतिवद्ध रहेको र आगामी दिनमा पार्टी संगठन विस्तार गरिने पनि बताए ।

उनले चुनावका बेला विपक्षीहरुले नकारात्मक हल्ला फैलाएकाले पनि आफ्नो पार्टी पराजित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?