टोकियो । जापानको एक प्रतिनिधि मण्डलले रुसद्धारा कब्जामा लिइएका विवादीत चार टापुहरुमा संयुक्त आर्थिक परियोजना सुरुवातको सम्भाब्यता अध्ययन सुरु गरेको छ । यी चार द्धिप दोस्रो विश्वयुद्ध पहिले जापानको अधिनमा थियो भने अहिले पनि जापानले आफ्नो उत्तरी अंग दाबी गर्दै आइरहेको छ ।
मंगलबार उत्तरी जापानको नेमुरोबाट अध्ययन टोली प्रस्थान गरेको हो । उक्त द्धिपहरुमा सरकारी अधिकारी, व्यावसायी र लगानीकर्ता सहित करिब ७० जना त्यहाँ पुगेका छन् ।
उक्त प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री सिन्जो आबेका विशेष सल्लाहकार एइची हासेगावाले गरेका छन् । पाँच दिने अध्ययनमा निस्किएको टोलीले बुधबारबाटै काम सुरु गरेको जनाएको छ ।
अघिल्लो वर्षको डिसेम्बरमा प्रधानमन्त्री आबे ररुसीराष्ट्रपति भ्लादिमिर पुटिनबीच संयुक्त आर्थिक गतिविधि सञ्चालन गर्नेबारे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।