टोकियो । जापानको फुकुओका क्षेत्रमा श्रीमतीको हत्या आशंकामा एक प्रहरी अधिकारी पक्राउ परेका छन् ।
फुकुओकाको ओगोरी क्षेत्रमा रहेको घरमा उनले श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । ३८ वर्षीय मित्सुरु नाकातामाथि ३८ वर्षीय श्रीमती युकिको नाकाता माथि हत्या गरेको आरोप लगाइएको छ ।
उनका दुई सन्तान समेत मृत अवस्थामा फेला परेका थिए । ९ वर्षका छोरा र ६ वर्षीय छोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।
आरोपित प्रहरी सूचना तथा सञ्चार शाखामा कार्यरत थिए । प्रहरीले नाकातामाथि उनका छोरा छोरीको हत्याको अभियोग भने लगाएको छैन ।
श्रीमतीको हत्याको कारण बारे उनले केही बताएका छैनन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।