राजदूत राणा भन्छिन्–जापानमा रहेका नेपालीको हित हुने काम बाहेक केही सोचेकी छैन

टोकियो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफु जापानमा रहेका नेपालीहरुको चासो र समस्या समाधानका लागि केन्द्रीत हुने बताएकी छिन् । नवौं गणतन्त्र दिवसको अवसरमा जापानस्थित नेपाली दुतावासले आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै राजदूत राणाले जापानमा रहेका नेपाली समुदायको हित बाहेक आफुलेकेही नसोचेको बताइन् ।

राजदूत राणाले जापानमा रहेका सबै नेपाली नेपालका अवैतनिक दूत भएकाले नेपाल र नेपालीको हितलाई शिरमा राखेर कार्यक्षेत्रका खटिन पनि आग्रह गरिन् ।

राजदूत राणाले जापानमा नेपालीहरुको संख्या बढ्दै गएको बताउँदै नेपालीहरुको हर समस्या समाधानका लागि दूतावाससँग सबैले सहकार्य गर्नुपर्ने बताइन् । उनले आफ्नो कार्यकाल भित्र दुतावास भवन खरिद गरिसक्ने समेत कार्यक्रममा जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?