टोकियो । जापानको अर्थ मन्त्रालयले चालु खाता अधिकतम नाफामा रहेको जनाएको छ । आर्थिक वर्ष २०१६ मा चालु खाता तेस्रोमुलुकसँगको व्यापारका आधारमा फाइदामा रहेको हो ।
मन्त्रालयका उच्च अधिकारीहरुले लगभग एक खर्ब ७६ अर्ब ७० करोड डलर नाफामा रहेको जनाएका छन् । अघिल्लो वर्षको तुलनामा यो २० अर्ब डलर बढी हो ।
यो लगातार तीन वर्षदेखि बढीरहेको मन्त्रालयले जनाएको छ । व्यापार मुनाफा करिब ५० अर्ब डलर रहेको छ ।
निर्यात मुल्य पनि विशेष रुपमा बढीरहेको मन्त्रालयले जनाएको छ ।