टोकियो । टोयोटा मोटर कम्पनीका कार्यकारी अधिकारीहरुले कम्पनीको बिक्री तथा सञ्चालन दुवै तर्फको लाभ पाँच वर्ष यता सबैभन्दा कम भएको बताएका छन् ।
मार्चमा समाप्त भएको आर्थिक वर्षको कारोबारमा बिक्रीको आँकडा दुई खरब ४० अर्ब डलर भन्दा बढी छ ।
यो गत वर्षको तुलनामा दुई दशमलव ८ प्रतिशतको गिरावट हो ।
यसको सञ्चालन लाभ ३० प्रतिशत गिरावट आई साढे १७ अर्ब डलर पुगेको छ ।
कम्पनीलेयो वर्ष पनि गिरावट आउने र यसको कारण जापानी येन बलियोहुदै जानु भएको उल्लेख गरेको छ ।