टोकियो । सुनामी र भूकम्प आउनुराम्रो भएको भन्ने अभिव्यक्तिका कारण विवादमा तानिएका जापानका आपतकालीन तथा पुनर्निमाण मन्त्री मासाहिरो इमामुराले पदबाट राजिनामा दिएका छन् ।
बुधबार प्रधानमन्त्री शिन्जो आबेलाई मन्त्री इमामुराले राजिवनामा दिएका हुन् । उनले हिजो आयोजित एक कार्यक्रममा सन् २०११ मा गएको भूकम्प र सुनामीले जापानलाई राम्रै गरेको बताएका थिए ।
उनको योअभिव्यक्तिलाईलिएर चर्को आलोचना भएपछि उनले बुधबार दिउँसो राजिनामा दिएका हुन् ।
मन्त्री इमामुराले मंगलबार सत्ताधारी लिवरल डेमोक्रेटिक पार्टीले टोकियोमा आयोजना गरेको एक कार्यक्रमलाई बोल्ने क्रममा विवादीत अभिव्यक्ति सिदएका थिए ।
उनले राजिनामा पत्रमा जापानी जनताको मन दुखाएकोमा क्षमा समेत मागेका छन् ।
उनले भूकम्प रसुनामी टोकियोमा नआएर राम्रो भएकोयदी टोकियोमा आएको भए अझै धेरैक्षती हुने बताएका थिए ।
१५ हजार ८ सय ९३ जनाकोमृत्यु भएको र २ हजार ५ सय ५३ अझै वेपत्ता भएको घटनालाई मन्त्रीले सामान्य भन्न खोजेको भन्दैविरोध भैरहेको थियो ।