जापान । जापानका प्रधानमन्त्री शिन्जो आबेले आफ्नी पत्नीले जापानको ओसाकामा खुल्न लागेको प्राथमिक विद्यालयबाट पाउनु पर्ने भुक्तानी नपाएको खुलासा गरेका छन् ।
अावेले उनकी पत्नी आइकीले विद्यालय संचालक समितिबाट विद्यालयको वक्ता तथा मानार्थ प्रधानाचार्याकाे हिसावले प्रदान गरिने भुक्तानी नपाएको भन्दै गुनासाे गरेका हुन् ।
विद्यालयको जमिन आकलन गरिएको मुल्यभन्दा अधिक कममा खरिद गरिएको खुलासा भए पश्चात आवे पत्नीले विद्यालयको मानार्थ प्रधानाचार्याको पदबाट राजिनामा दिएकी थिइन ।
संसदिय वैठकका क्रममा प्रधानमन्त्री आवेले विद्यालय संचालक समितीको वेवसाईटमा राखिएको आइकीको भाषण हटाइएको भन्दै टिप्पणी गरेका थिए ।
यस कार्यप्रति आफु र आफ्नो श्रीमतीको कुनै हात नरहेको बताउदै उनले आफुप्रति लगाएको आरोग गलत भएको बताएका छन् ।