जापान । नेपालको रुपन्देही जिल्लास्थित बुटवलमा संचालन भैरहेको ऐतिहासिक एवम प्रतिष्ठित फुटवल प्रतियोगिता ‘१९औं तिल्लोत्तमा गोल्डकप’का लागि टोकियो निवासी चेतन बस्नेतको संयोजनमा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
यहि फागुन १२ गते बाट संचालन भैरहेको फुटबल प्रतियोगिताका लागि रुपन्देही जिल्लाकाे तिल्लोतमा ४ निवासी बस्नेतले एक अभियान संचालन गरि सहयोग रकम संकलन गरेका थिए ।
अभियानबाट संकलन गरिएकाे रु १ लाख ४१ हजार ८ सय १६ रुपैँयाँ एन्फा रेस्पोन्डिङ अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर केसी (कुमार)लाई हस्तान्तरण गरिएको छ ।
रकम संकलन अभियानमा रुपन्देही समाज जापानका पदाधिकारी तथा रुपन्देही जिल्ला घर भई टोकियोस्थित ईकेबुकुरोमा रहदै आएका सम्पुर्ण नेपालीहरुले सहभागिता जनाएका थिए ।
यस वर्षको प्रतियोगितामा प्रथम हुने फुटबल टोलीले पुरस्कार स्वरुप नगद रु ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टोलीले रु ३ लाख ५५ हजार ५ सय २५ प्राप्त गर्ने आयोजक कमिटीले जनाएको छ ।