अमेरिकासंग मुक्त व्यापार सम्झाैताकाे सम्भावना देख्दै अावे

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले संयुक्त राज्य अमेरिकासंग ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) सम्झौता हुन नसके पनि मुक्त व्यापार सम्झौतामा सहमति हुन सक्ने विचार व्यक्त गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई टीपीपी सम्झौताबाट हटाउने कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गरि सकेका छन । आवेले अमेरिकालाई टीपीपी सम्झौताको पक्षमा ल्याउन जापान प्रयासरत रहने बताएका छन ।

अावेले टीपीपी सम्झौतामा सहमती हुन नसके पनि मुक्त व्यापार सम्झौता तथा आर्थिक साझेदारी सम्झौता(ईपिए) मा अमेरिकासंग सहकार्य हुन सक्ने  विश्वास राखेका छन ।

आवे प्रशासनले यथासक्य चाँडो प्रधानमन्त्री आवे र राष्ट्रपति ट्रम्पविच भेटवार्ता गराउने तयारीमा गरिहेको छ । यसै क्रममा अावेले जापान सरकार अमेरिकासंग सृदृढ सम्बन्ध निर्माण गर्न निरन्तर लागि पर्ने जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?