दुर्गम वस्तीमा स्याङ्गजा समाज जापान द्वारा उल्लेखनीय सहयोग

जापान । जापानमा रहेर सामाजिक कार्यमा सक्रिय रूपमा रहेको स्याङ्गजा समाज जापानले स्याङ्गजा जिल्लाको विभिन्न स्थानमा नगद तथा अन्य सामाग्रीहरु सहयोग गरेको छ ।
समाजले स्याङ्गजा जिल्लाको २० स्थानमा डिजिट प्रेसर मेसिन डिजिटल थर्मोमिटर, २५ वटा युवा क्लवहरुलाई खेलकुद सामाग्री तथा अपांगहरुको लागि बन्न थालेको भवन निर्माणको लागि ५० हजार नगद सहयोग गरेको छ ।

समाजले जापानमा आयोजना गरेको तीज धमाका २०१६ कार्यक्रमको मुनाफाबाट स्याङ्गजा जिल्लाका विभिन्न स्थानहरुमा सहयोग गरिएको समाजका अध्यक्ष जीवन न्युपानेले बताए ।
गत वर्ष जापानको तीन शहरहरूमा नेपालका चर्चित कलाकारहरू को साथमा स्वस्थ सामाग्री बितरण र भैपरि आउने आकस्मिक कोष निर्माणर्थ भब्य तीज धमाका २०१६ सम्पन्न गरेको थियो ।
सो नगद समाजका अध्यक्ष जीवन न्यौपानेले जिल्लाका बुद्दिजिवी समाजसेवी तथा पत्रकारहरूको रोहवरमा अपांग समाज स्याङ्गजाका अध्यक्ष लाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रम २ दिन सम्म चलेको थियो ।पहिलो दिन स्याङ्गजाको पुतली बजार नगरपालिकाको प्रगतिनगरमा गरिएको थियो ।
सोहि दिन स्याङ्जा समाज, जापानले तर्फबाट विभिन्न दश वटा स्वास्थ्य चौकी तथा संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

त्यस्तै विभिन्न १३ वटा क्लब तथा संस्थाहरुलाई खेलकुदका सामाग्रीहरु पनि सो अवसरमा वितरण गरिएको थियो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष अनन्त कुमार अध्यक्ष चन्द्रबहादुर रोकाका लगायत स्थानिय बुद्दीजिवि पत्रकार लगायतको उपस्थित रहेको थियो।
स्याङ्जा समाज जापानले दोस्रो दिन श्रीकृष्णगण्डकी देउराली उच्च माविमा गरेको कार्यक्रम मार्फत स्याङ्जा क्षेत्र नम्बर तीनका सांसद मुक्तिप्रसाद पाठक समाजका अध्यक्ष चर्चित कलाकार खुमन अधिकारी गायिका कला पंगेनी लगाएत स्थानिय बुद्धीजिवी पत्रकार र भूतपूर्व बिधार्थीहरूको उल्लेख्य उपस्थितिमा सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम गर्न भूतपूर्व विद्यार्थी मन्चले सहयोग गरेको थियो ।
कार्यक्रममा विकट क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग गर्दा केही राहत होस र खेलकुद सामाग्रीले युवा क्लबहरुमा खेलको संस्कृति विकास होस् भनेर सहयोग गरिएको स्याङ्जा समाज जापानका अध्यक्ष जीवन न्यौपानेले बताए । स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने उद्देश्यका साथ पछिल्लो तीजको अवसरमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु खुमन अधिकारी, राधिका हमाल, जमुना रानामगर लगायतको उपस्थितिमा जापानमा कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?