जापान।अमेरिकाको हवाई द्वीपमा रहेको पर्ल हार्बरमा जापानले गरेको हमलाको ७४ वर्ष पुरा भैसकेको छ । ७ डिसेम्बर, १९४१ को दोस्रो विश्व युद्दको समयमा जापानी एयरफोर्सले लुकेर अमेरिकामाथि हमला गरेको थियो ।
त्यो हमलामा लगभग 2,500 अमेरिकीहरु मारिएका थिए । त्यहाँ १८ वटा ठूला पानिजाहजहरु विनाश भएका थिए ।
ईतिहास
७ डिसेम्बर, १९४१ को विहानी अर्थात जापानी हमलाकारिहरुले पर्ल हार्बर स्थित अमेरिकाको नेवल बेसमा चेतावनी विनानै कार्पेट बम्बले हमला गरेका थिए ।
हमलामा अमेरिकाका आठवटा मध्य छ वटा जंगी जहाज, क्रूजर, डिस्ट्रयर समेत गरि २०० भन्दा बढी यानहरु नष्ट भएको थियो ।
जापानी एयरफोर्सबाट एकतर्फी भएको हमलामा २४०३ अमेरिकी सैनिक मारिएका थिए । त्यहाँ ११७८ घाईते भएका थिए ।
हमलाको नतिजा
जापानले दुई फेजमा हमला गरेको थियो ।त्यसको लागि उसले फाइटर जेट्स, बम्बर्स र टारपीडो मिसाइल्सको प्रयोग गरेको थियो।
कमाण्डर मिस्तुओ फुचिदाको नेतृत्वमा १८३ फाइटर जेट्सले ओहियोको पूर्वमा तैनात भएका जापानका ६ जंगी जहाजहरुले उड़ान भरेका थिए।
त्यसपछि लेफ्टिनेन्ट कमाण्डर शिगेकाजू शिमाजाकीको नेतृत्वमा १७१ फाइटर जेट्सले पर्ल हार्बरलाई टारगेट गरेको थियो ।
के थियो डिप्लोमेटिक ब्याकग्राउण्ड ?
जापानले युएस पेसिफिक फ्लाईटलीई असर गर्ने गरि पर्ल हार्बर मा हमला भएको भएको थियो । त्यहि बमबारी संग जापानले अमेरिका र वेलायतको विरुद्द युद्दको घोषणा गरेको थियो ।
फेरी जे भयो त्यो ईतिहासमा दर्ज भयो
अमेरिकाका तत्कालीन राष्ट्रपति फ्रैंकलिन डी रूजवेल्टले ७ डिसेम्बर, १९४१ लाई ‘कलंकको दिन ‘ भनेका थिए । हमला भएको दोस्रो दिन ८ डिसेम्बर , १९४१ मा अमेरिका पनि दोस्रो विश्व युद्दमा सहभागी भएको थियो।
उसले पनि जापानको विरुद्द युद्दको घोषणा गरिदिएको थियो । जसका कारण अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खतरनाक एटम बम हमला गरेको थियो ।
त्यो एटम बम हमला संगै लाखौ जापानीहरुको मृत्यु भएको थियो । लाखौ मानिसहरु घाईते भएका थिए । अहिले सम्म पनि त्यस विनाशकारी हमलाका कारण हिरोसिमा नागासाकीमा जन्मिने अधिकांस मानिसहरु अपांग भएर जन्मिने गर्छन् ।