टोकियो । जापानको टोकियो स्थित हानेदा विमानस्थलमा एउटा जेट विमान टायर पंचर भएपछि आकस्मिक अवतरण गरिएको छ ।
हावाइयान एयरलाईन्सको जेट एयरबस ए ३३० मा समस्या आएको संकेतपछि आकस्मिक अवतरण गरिएको हो । उक्त विमानमा २९३ जना यात्रु तथा चालक दलका सदस्य रहेका थिए ।
विमानस्थलका रनवेमा नै उक्त विमान टायर पंचर भएर अड्किएपछि केही आन्तरिक उडानहरु रद्द गरिनुका साथै केही अन्यत्रै पठाइएको थियो । तर अन्तर्राष्ट्रिय उडानहरु भने प्रभावित नरहेको हानेदा विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।