जापान। जापानको जंगलमा एक हप्ता अघि आफ्नै बुवासंग घुम्न गएका बेला हराएका ७ वर्षीय बालक भेटिएका छन्।
अचम्मको कुरा त त्यो जंगलमा खतरनाक जंगली जनावरहरु हुँदा हुँदै पनि बच्चा सकुशल अवस्थामा फेला परेका छन्।
हराएका बच्चा एक सैन्य शिविरमा फेला परेका हुन् ।
प्रहरीले बताए अनुसार सेल्फ डिफेन्स फोर्सका एक अधिकारीले अभ्यास गर्ने क्रममा ती बालक फेला परेका हुन्।
फेला परे लगत्तै बालकलाई उनको बारेमा सोध्दा आफ्नो नाम यामातो तानुका बताएका थिए र त्यस लगत्तै बालकलाई उनको परिवार समक्ष पुर्याईएको थियो।
बच्चा कसरी हराए त भन्ने प्रश्नको जवाफमा बालकका परिवारले बालकले कारहरुमा र व्यक्तिहरुलाई ढुंगा हानेर जिस्किरहेका थिए जसका कारण रिसाएर परिवारले बालकलाई छोडेर गएको बताएका छन्।
बालक सात दिन सम्म पानीको साहारामा बाँचेका थिए । बालकको बुवाले बताए अनुसार उनले छोरालाई जहाँ छोडेका थिए बच्चा त्यहाँ बाट ५.५ किलोमिटर पुर्वमा रहेको सैन्य शिविरको एक झुपडीमा गएर बसेका थिए।
त्यहाँ बालकलाई पानी फेला पारे र त्यसकै भरमा उनी ७ दिन सम्म बाँच्न सफल रहे। प्रहरीले बच्चालाई भेटे लगत्तै भोजनको बारेमा सोधेका थिए ।
आफ्नो गल्तिको काराण हराएका छोरालाई भेटेपछि बाबुले छोरा यामातो संग माफी मागेका थिए ।