टोकियो । जापानको क्युशु क्षेत्रलाई केन्द्रविन्दु बनाएर लगातार गएका शक्तिशाली भूकम्पपछि सबै नेपालीहरु सकुशल रहेको दूतावासले जानकारी दिएको छ ।
जापानस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत हालसम्म सबै नेपालीहरु सकुशल रहेको जानकारी गराएको हो ।
यस्तै दूतावासले क्युसु क्षेत्रमा रहेका नेपाली तथा जापानी सरोकारवालाहरुसँग निरन्तर सम्पर्कमा रहेर नजिकबाट हेरिरहेको पनि जनाएको छ ।
दूतावासले भूकम्पले सिर्जना गरेको दुःखद परिस्थितिमा त्यस क्षेत्रमा रहेका नेपाली, विभिन्न संस्थाका अगुवाहरु तथा एनआरएनए जापानका पदाधिकारीहरुको तत्परता, सजगता तथा भूमिकाको प्रशंसा समेत गरेको छ ।