टोकियो । जापानमा बिहीबार साँझ शक्तिशाली भूकम्प गएपछि जापानस्थित नेपाली दूतावासले होशियारी अपनाउन सबैलाई आग्रह गरेको छ ।
जापानको क्युसु क्षेत्रलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएपछि जापानी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै समस्यामा भएमा खबर गर्न अनुरोध गरेको हो ।
जापानस्थित नेपाली राजदूतावासका कार्यबहाक राजदूत गेहेन्द्र राजभण्डारीले एनआरएन तथा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।