एजेन्सी । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले जापान र रुसबीच रहेको विवादित टापुलाई लिएर सहमति हुन सक्ने बताएका छन् ।
उनले विवादित टापुलाई लिएर दुवै पक्ष बसेर छलफल गर्नू आवश्यक रहेको बताए ।
पुुटिनले जापानी प्रधानमन्त्री सिन्जो अाबेसँग विवादित टापुकाे विषयमा छलफलका लागि छिट्टै जापानी प्रधानमन्त्री रूस अाउन लागेकाे पनि बताएका छन् ।
रुसले जापनी प्रधानमन्त्रीकाे भ्रमणको लागि आवश्यक गृहकार्यको लागि बैठक समेत बसेको जनाएको छ ।
रुसका कूटनीतिक निकायले प्रधानमन्त्री अाबे र राष्ट्रपति पुुटिनबीच अागामी साता भेट गरिने जनाएको छ ।
जापान र रुसबीच उत्तर दक्षिणमा रहेको टापुलाई लिएर विवाद रहँदै अाएकाे छ ।