टोकियो । जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी समाज जापान (नेसाज) को ओशाका कमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार यही अप्रिल २३ तारिखमा निर्वाचन हुनेछ । निर्वाचन समितिका अनुसार अप्रिल १६ देखि १८ तारिखसम्म उम्मेदवारी दर्ता, १९ अप्रिलमा उम्मेदवारहरुको सूची प्रकाशन, २० तारिख बेलुका ५ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र २१ गते साँझ अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारहरुले १६ तारिखमा नेसाजको वेबसाईटमा राखिने फारम भरेर उम्मेदवारी दर्ता गराउन सक्नेछन् । नेसाजको परिमार्जित विधान अनुसार विभिन्न शहरहरुमा सिटी कमिटी गठन गर्ने प्रक्रियाको सुरुवात गरिएको हो ।
अप्रिल २३ का दिन ओशाकामा हुने जापानिज भाषा वक्तित्वकला तथा सांस्कृतिक कार्यक्रमकै दिनमा सिटी कमिटिको गठन हुने नेसाजले जनाएको छ ।
समितिमा एक जना संयोजक, एक जना उपसंयोजक एक जना कोषाध्यक्ष र बढीमा ८ जना सदस्य रहनेछन् ।