युद्धग्रस्त देश इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न सुरु भएको छ ।
नेपाल एयरलाइन्सको विमानबाट बिहीबारराति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
सरकारले नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।
नेपालीहरुलाई लिएर काठमाडौं आएका मन्त्री साउदले सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकार प्रतिबद्ध रहेको पाएको बताए ।
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको जानकारी दिए ।
मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए ।
मन्त्रिपरिषद्ले व्यवसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको जानकारी दिए ।