माओवादीले हटाउन लागेका मन्त्री को हुन ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् हेरफेर हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्दै जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

जनमत पार्टीले सांसद अनिता देवी साहलाई यसअघि नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आइतबार मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय रहेकाले जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का एक जना मन्त्रीलाई हटाउनुपर्नेछ ।

जनमतलाई सरकारमा सामेल गराउन प्रचण्डले माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एक जनालाई हटाउने तयारी गरेका छन् ।
प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एक जनालाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागीमध्ये मोदीको कार्यसम्पादन सन्तोषजनक नभएको तथा मन्त्रालयमा सामान्य सुधार समेत ल्याउन नसकेकाले मोदीलाई हटाउने सम्भावना बढी रहेको स्रोतको भनाई 樂威壯 छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?