चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जापान आएकी छन् ।
उनी ५ दिने भ्रमणका लागि नेपाल एयरलाइन्सको विमानमार्फत जापान आइपुगेकी हुन् ।
बुधबार नारिता विमानस्थलमा मेयर दाहालसहितको टोलीलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।
उनी भरतपुर महानगरपालिका र खानागावा प्रिफेक्चरको योकोसुका सहरबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीका लागि जापान आएकी हुन् ।
उनलाई स्वागत गर्न विमानस्थलमा माओवादी केन्द्रको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त, पूर्वअध्यक्ष हवलचन्द्र लामा, मञ्चका नेताहरु अरुण कुमार श्रेष्ठ, रामहर पुडासैनी, बाबुराम भण्डारी, कालिका थापा लगायत पनि पुगेका थिए ।