जापानमा पुरुषको पिछा गरेको आरोपमा शिक्षिका पक्राउ

जापानमा एक अपरिचित पुरुषको पिछा गरेको आरोपमा प्राथमिक विद्यालयकी एक शिक्षिका पक्राउ गरेकी छन् ।

यामानाशी प्रान्तको मिनामी–आल्प्समा प्रहरीले ३३ वर्षीय शिक्षिकालाई पक्राउ गरेको हो ।

प्रहरीले साकी सोडेनो नामकी प्राथमिक विद्यालयकी शिक्षिकाले यही महिनामा दुई अलग अलग दिन ४० वर्षीय पुरुषको पिछा गरेकी थिइन् ।

प्रहरीले जनवरी ९ र १५ मा सोडेनो बिना जानकारी ति पुरुषको घरमा पुगेको जनाएको छ । पक्राउ परेकी महिलाले ति पुरुषको पिछा गरेको आरोप अस्वीकार गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?