जापानमा मंगलबार एकै दिन १ लाख २७ हजार कोरोना संक्रमित

जापानमा कोरोना भाइरस संक्रमणको दर तीव्र बनिरहेको छ । मंगलबार एकैदिन जापानमा १ लाख २६ हजार ९८९ नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

सोमबार जापानमा ७२ हजार ६११ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलबार टोकियोमा मात्रै ११ हजार १२० नयाँ संक्रमित फेला परेका छन् । सोमबार टोकियोमा ६ हजार ६८७ जना संक्रमित भेटिएका थिए ।

स्वास्थ्य अधिकारीहरुले टोकियोमा गम्भीर लक्षणसहित अस्पतालमा भर्ना हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको जनाएका छन् ।

सोमबार ३ जना गम्भीर लक्षणसहित अस्पताल भर्ना भएकोमा मंगलबार ४८ जना भर्ना भएका छन् । जापानभर कोरोना भाइरसबाट थप ३५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?