जापानमा १३ वर्षीया किशोरीद्वारा आफ्नै आमाको हत्या

जापानमा एक १३ वर्षीया किशोरीले छुरा प्रहार गरी आफ्नै आमाको हत्या गरेकी छन् । जापानको शिजुओका प्रान्तको माकिनोहारामा ति किशोरीले आफ्नै आमाको हत्या गरेकी हुन् ।

सोमबारराति ति किशोरीले आमामाथि छुरा प्रहार गरेपछि सोही घरमा बस्ने अर्को परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ति महिलालाई उद्दार गरेर अस्पताल लगेको थियो । तर चिकित्सकले मृत घोषणा गरे । ४० वर्षीय महिलाको छुरा प्रहारबाट घाँटीसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

प्रहरीले आक्रमण गर्ने किशोरी मृतक महिलाकी जेठी छोरी भएको जनाएको छ । जापानी कानुनअनुसार १४ वर्षभन्दा मुनिका बालबालिकाले घटाएका घटनालाई आपराधिक दायित्वका रुपमा लिइँदैन ।

शिजुओका प्रान्त सरकारको केन्द्रीय बाल परामर्श केन्द्रले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको छ । पीडित महिलाले बालबालिकाका बारेमा कुनै परामर्श नगरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?