फुकुओका रेल स्टेशनमा एक महिलाको छुरा प्रहार गरी हत्या

जापानको फुकुओकामा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ । फुकुओकाको निकै व्यस्त हाकाता रेल स्टेशन नजिकै सोमबार साँझ एक ३० वर्षीय महिलाको छुरा प्रहार गरी हत्या गरिएको हो ।

छुरा प्रहार गर्ने अन्दाजी ३० देखि ५० वर्षका कालो ज्याकेट लगाएका व्यक्ति फरार रहेका छन् ।

प्रहरीलाई करिब सवा ६ बजे छुरा प्रहार भएको आपतकालीन फोन आएको थियो । छुरा प्रहारपछि गम्भीर घाइते महिलालाई तत्कालै अस्पताल लगिएको थियो । तर चिकित्ककहरुले उनलाई मृत घोषणा गरे ।

प्रहरीले पिठ्युमा छुरा प्रहारपछि गम्भीर घाइते अवस्थामा महिलालाई फेला पारेको थियो । प्रहरीले छुरा प्रहार गरी फरार रहेका व्यक्तिको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?