जापानको साईतामा प्रिफेक्चरमा एक व्यक्तिमाथि गोली प्रहार, अवस्था गम्भीर


टोकियो ७ जनवरी ।

जापानको साईतामा प्रिफेक्चरको सायमा शहरमा एक व्यक्तिमाथि गोली प्रहार भएको खबर छ ।
शुक्रबार राति राजधानी टोकियो नजिकैको शहर साइतामाको सायमा शहरमा ५० वर्षका एक व्यक्तिमाथि गौली प्रहार भएको हो । हाते बन्दुक जस्तै देखिने उक्त बन्दुक प्रहारबाट ती व्यक्ति गम्भीर घाईते भएका छन ।

प्रहरीले दुई गिरोहबीचको द्वन्द्वको सम्भावनाको आशंका सहित अनुसन्धान गरिरहेको जनाएको छ । शंकास्पद व्यक्ति बन्दुक लिएर भागेको हुनसक्ने भन्दै नजिकका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

६ तारिख साँझ ७ बजेपछि सायमा सहरको हिरोसेदाईमा एक महिलाले ’मेरो श्रीमानलाई पेस्तोलले गोली हानेको छ’ भन्दै दमकललाई खबर गरेकी थिइन ।

जब प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पुगे, उनीहरूले ५० वर्षका एकजना मानिसलाई अपार्टमेन्ट कम्प्लेक्सको मैदानमा सुतेको, शरीरको माथिल्लो आधा भागबाट रगत बगिरहेको भेट्टाए र उनलाई अस्पताल लगिएको थियो । फायर डिपार्टमेन्टका अनुसार उनी होशमा थिए र बोल्न सक्षम थिए। तर अवस्था गम्भिर थियो ।

अनुसन्धान श्रोतका ’अनुसार ती व्यक्ति समुहको सदस्य रहेको आशंकामा प्रहरीले समुह द्वन्द्वको आशंकामा अनुसन्धान गरिरहेको छ । प्रहरीले नजिकैका बासिन्दाहरूलाई ढोकामा ताल्चा लगाउन आह्वान गरिरहेको छ, किनकि संदिग्ध बन्दुक लिएर भागेको हुन सक्छ । यो क्षेत्र सेइबु शिन्जुकु लाइनमा रहेको सायमाशी स्टेसनबाट करिब २ किलोमिटर उत्तरपश्चिममा घरहरू र व्यवसायहरूले घेरिएको क्षेत्र हो ।

घाईते माथि चारवटा गोली प्रहार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?