माओवादीकोे स्थायी समिति बैठक स्थगित, प्रचण्ड जापानबाट फर्किएपछि बस्ने

आज दिउँसो ३ बजेका लागि बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ ।

संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

अर्काे बैठकको समय तोकिएको छैन । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक बस्ने जनाइएको छ ।

अध्यक्ष प्रचण्ड साउन २१ गते जापान भ्रमणमा जाँदैछन् । जापानमा उनले नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका विषयमा भएको छलफल ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?