आत्महत्या दर घटाउन जापान सरकारले ल्यायो नयाँ कार्ययोजना, दश वर्षमा आउनेछ आमुल परिवर्तन

टोकियो । जापान सरकारले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ । 
जापान सरकारले आगामी दश बर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो ।

जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जि ७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो । यहाँ हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन् ।

सन् २०१५ मा गरिएको एक सर्भेक्षणमा जापानका प्रति एक लाख मानिसमा १८.५ जनाले आत्महत्या गर्ने गरेका छन् ।

सरकारले यो प्रतिशतलाई घटाएर आगामी सन् २०२५ सम्ममा प्रति एक लाखमा १३ जनामा मात्र सिमीत गर्ने कार्यक्रम सन् २०१५ मा नै ल्याएको थियो ।

जापानमा पछिल्ला बर्षहरुमा आत्महत्याको सङ्ख्या विगतका केही बर्षदेखि घट्दै आएको छ । सन् २००३ मा जापानमा ३४ हजार ४२७ जनाले आत्महत्या गरेका थिए ।

यो दरमा कमी आइ गतबर्षमात्र २१ हजार ८९७ जापानी नागरिकले आत्महत्या गरेका थिए ।
मङ्गलबारको मन्त्रिपरिषदको बैठकले जापानमा आत्महत्याको दर घटाउने विषयमा विभिन्न कार्ययोजना पारित गरेको छ ।

यस कार्ययोजनामा नागरिकको यो लतलाई के कसरी कम गर्न सकिन्छ भन्ने विषय समेटिएको मन्त्रिपरिषदका प्रवक्ताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?