टोकियो । जापानकी रक्षा मन्त्री तोमामी इनादाले आन्तरिक जाँचकर्ताले सुरु गरेको अनुसन्धानमा साथ दिएकी छिन् । यो अनुसन्धान सुडानमा जापानको शान्ति अभियानको क्रममा भएका अबैध गतिविधिमा केन्द्रीत रहेको छ । मन्त्रालयका अधिकारीहरुले शान्ति सेना सम्बन्धी अभिलेखहरु नष्ट भएको बयान दिइरहेका बेला मन्त्री इनादाको व्यक्तिगत कम्प्युटरमा यी दस्तावेजहरु पाइएका थिए ।
जापानका मिडियाहरुले इनादाले यी सुचना दिन नसक्ने अनुमान लगाइरहेका थिए । शुक्रबार अनुसन्धानकर्ताहरुसँग मन्त्री इनादाले सवाल जवाफ दिएकी थिइन् ।
करिब एक घण्टा भएको कुराकानीका क्रममा इनादाले सञ्चारमाध्यमलाई दिदै आएको अभिव्यक्ति नै दिएकी थिइन् ।
इनादाले आफुले शान्ति मिसनमा भएको अनियमीतता लगायतका विषयलाई सधैं बाहिर ल्याउन चाहेको, तर प्रमाण नष्ट भएका कुरा आफुलाई जानकारी नरहेको दाबी गर्दै आएकी छिन् ।
उनले आफुकहिल्यै झुट नबोल्ने बताउँदै तथ्य प्रमाणहरु आफुसँग भएजतीसबै दिएर अनुसन्धानमा सहयोग गर्नेै बताइन् ।