प्रधानमन्त्री आबेले जी–२० बैठकमा अमोरिका र दक्षिण कोरियासँग त्रिपक्षीय वार्ता गर्ने

टोकियो । जापान सरकार अमेरिका र दक्षिण कोरियाका शीर्ष नेताहरुसँग त्रिपक्षीय बैठकको आयोजना गर्ने तयारीमा जुटेको छ । यो बैठक आगामी महिना जर्मनीमा हुन लागेको जी–२० शिखर सम्मेलनका क्रममा हुने छ ।

जी–२० बैठकका क्रममा प्रधानमन्त्री सिन्जो आबेले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग पहिलो पटक भेटवार्ता गर्ने छन् । लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि संयुक्त बैठक राखिने छ ।

त्रिपक्षीय वार्ताका क्रममा उत्तर कोरियाको आणविक गतिविधिको अन्त्यका लागि ठोस कार्ययोजना बनाइने छ ।

जर्मनको यात्रा लगत्तै आबेले डेनमार्क, फिनल्याण्ड र स्विडेनको यात्रा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?