जापान सरकारले ल्यायो अर्को कडा कानुन, कारबाहीको दायरा पनि बढ्यो

टोकियो । जापानको संसदले एक विधेयक पारित गरेको छ जुन आतंकवादी हमला लगायतका खतरनाक अपराधको योजना बनाउनेहरुलाई कारबाहीका लागि सहज हुने छ ।
सत्तारुढ लेबरल डेमोक्रयाटिक र कोमेइतो पार्टीका साथै निप्पो नसिन लगायतका दलका संसदहरुको समर्थनमा पारित भएको हो । संसदको माथिल्लो सदनले बिहिबार बिहान यो विधेयक पारित गरेको हो ।

अब यो विधेयक कानुन का रुपमा लागु हुने छ । यो कानुनको उद्देश्य आतंकवादी हमला लगायतका आतंक फैलाउने खालका गतिविधिको योजना निर्माणमा नियन्त्रण गर्नु हो ।

अपराधका लागि तयारी स्वरुप धन या अन्यभौतिक सामग्री थुपार्न समेत यो कानुनले बन्देज लगाएको छ । जापानको विद्यमान कानुन भन्दा फरक किसिमको यो कानुनले केही गतिविधिलाई नियन्त्रण गर्ने छ भने यसले दण्डको दायरा समेत बढाएको छ ।

यो कानुनले अपराध हुनु भन्दा पहिले नै दण्डित गर्ने व्यवस्था गरेको छ । विपक्षी दलहरुले भने यसको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?