टोकियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलमा महिला र पुरुष समेत एउटै टिममा रहनेगरि जुडो खेल खेल्न दिने भएको छ । ओलम्पिक खेलको इतिहासमा यो नयाँ प्रयोग र नयाँ खेल हुने छ । खेलमा महिला र पुरुषको समान सहभागिता रहने छ ।
स्विजरल्याण्डको लोसानमा सम्पन्न ओलम्पिक कमिटिको कार्यकारी बैठकले यस्तो निर्णय गरेको हो ।
आइओसीको यो निर्णय लैंगिक समानताको पक्षमा आएको भन्दै विश्व खेल जगतलेसमर्थन जनाएको छ ।
यो खेलमा तीन पुरुष र तीन महिला खेलाडीलाई सामेल गराइने छ । उनीहरुलाई अलग अलग तौल समुहमाराखिने छ । यस्तो किसिमको खेल पहिलो पटक हुने छ ।