तीन वर्ष भित्र सम्राट आकिहितोले गद्दी त्याग गर्न पाउने, बन्यो यस्तो कानुन

टोकियो । जापानको तल्लो सदनको एक समितिको सदस्यले सम्राट आकिहितोद्वारा गद्दी त्याग गर्ने सम्बन्धी एक विधेयक पारित गरेका छन् ।

अधिल्लो वर्ष ८३ वर्षीय सम्राट आकिहितोले आफ्नो उमेरका कारण राजकाज चलाउन नसक्ने भएकाले गद्दी त्याग गर्न चाहेको बताएका थिए ।

बिहीबार यो विधेयक पारित भएको बारेमा जानकारी गराइएको छ । गत हप्तादेखि संसदको उक्त समितिमा यो विधेयकमाथि दफावार छलफल चलिरहेको थियो ।

विधेयकमा सम्राटको इच्छा र चाहना अनुसार चल्ने उल्लेख गरिएको छ । यो विधेयक कानुनका रुपमा लागु भएको तीन वर्ष भित्र कार्यान्वयन हुने र यो आकिहितोका लागि मात्रै निर्माण गरिएको जनाइएको छ ।

विपक्षी दलका एक सांसदले भने यो कानुन स्थायी रुपमा निर्माण हुनुपर्ने माग गर्दै मतदानमा सहभागिता जनाएनन् । उनले कानुनमा राजकुमारीहरुका बारेमा पनि उल्लेख गर्नुपर्ने माग गरेका थिए । ७ जना राजकुमारीहरु अविवाहीत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?