जापानमा कामदारको समय घट्यो, आम्दानी भने बढ्यो

टोकियो । जापान सरकारले श्रम सम्बन्धी नीतिमा परिवर्तन गर्दै कामदारहरुको समय घटाए पनि श्रमीकहरुको आम्दानी भनेबढेको देखिएको छ । जापान सरकारले अत्याधीक कामको बोझका कारण आत्महत्याको दर बढेको र मानसिक समस्या समेत देखिएको भन्दै कामदारहरुको कामको समय निर्धारण गराएको थियो ।

जापानको श्रम तथगा रोजगार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार श्रमको समय छोट्याइए पनि कामदारहरुको आम्दानी भने बढेको छ ।

आम्दानीको दर छ वर्ष यताकै सबैभन्दा बढी हो । श्रम मन्त्रालयले निकालेको सर्बेक्षण अनुसार वार्षीक रुपमा कामदारको कामको घण्डा दर सुन्य दशमलव ८ प्रतिशतले घटेको छ तर आम्दानी भने शुन्य दशमलव ४ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?