उत्तर कोरियाको सामना गर्न जापान तयार : किशिदा

जापान । जापानी विदेश मन्त्रि फुमियो किशिदाले उत्तर कोरियाले भविष्यमा गर्न सक्ने जुनसुकै घटनाको सामाना गर्न जापान तयार रहेको बताएका छन् ।

उत्तर कोरियाले आफ्नो देशका सर्वोच्च नेता किम ईल सुङको १०५ औ जन्मदिन मनाईरहेको बेला किशिदाले हिरोशिमामा सो कुरा बताएका हुन् । किमको जन्मदिनको अवसरमा उत्तरकोरियाले विभिन्न हातहतियार सहित परेड प्रदशन गरेको थियो ।

उत्तर कोरिया अत्यन्त संवेदनशिल अवस्थामा रहेको भन्दै किशिदाले अप्रिल महिना भित्र नै त्यहाँ केहि कारवाही हुन सक्ने बताएका छन्  ।
साथै किशिदाले सरकारले दक्षिण कोरिया सरकार मिलेर उत्तर कोरियाबाट आफ्ना नागरिकहरु सुरक्षित तरिकाले फर्किएका छन् वा छैनन् निगरानी गरिरहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?