टोकियोको जिन्तोईन् बिहारमा २५६१ औं बुद्ध जयन्ती समारोह आयोजना गरिने

टोकियो । नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले बद्व जयन्ती समारोहको आयोजना गर्ने भएको छ ।

गत वर्षहरुमा पनि फेरमले बुद्व जयन्ती विशेष कार्यक्रम गर्ने गरेको थियो । मे १३ तारिखका दिन टोकियोको हाचिओजिमा स्थित जिन्तोईन् बिहारमा २५६१ औं बुद्ध जयन्ती समारोह आयोजना गरिने छ ।

कार्यक्रममा बुद्धको जन्म भुमी लुम्बिनीका बारेमा विशेष प्रचार गरिने छ ।

यस्तै बुद्ध ज्ञान सम्बन्धी चर्चा र विशेष पुजाको पनि आयोजना गरिने छ ।

जापानमा नेपाली समुदायका तर्फबाट विभिन्न खाले मनोरञ्जनात्मक कार्यक्रमहरु अत्याधिक मात्रामा हुने गरे पनि आध्यात्मीक र बुद्धका ज्ञानका बारेमा भने सिमित कार्यक्रम हुने गरेका छन् ।

फोरमका महासचिव शिव तन्डुकारले यस्तो कार्यक्रममा सहभागिता जनाउन जापानमा रहेका नेपाली समुदायसँग आग्ह समेत गरेका छन् ।

आयोजकले एक हजार जापानी ऐन शुल्क लिई दिवा भोजको समेत प्रवन्ध मिलाएको छ । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?