जापानको ‘चाको इरो,’ जहाँ अबोध बालिकालाई यौन कार्यमा लगाइन्छ

टोकियो । विश्वका शक्तिशाली देशम जापानमा बालिकाहरुले यौन सम्बन्धी जरुरतका लागि ठूलो मूल्य चुकाइरहेका छन् । जापानका आधुनिक बारहरु यौन जरुरत पूरा गर्नका लागि पुरुषहरुको अड्डा बनेको छ । जहाँ उनीहरुका लागि कम उमेरका किशोरीहरु बोलाइएको हुन्छ ।

युवाहरु यस्ता कम उमेरका किशोरीहरुसँग समय विताउँछन् । पहिला किशोरीहरुलाई अश्लीत तस्वीर र कमिक्सहरु देखाइन्छ । ताकि उनीहरु पुरुषहरुलाई सहयोग गर्न सकुन् ।

यस मामलामा जापानको विश्व स्तरमा आलोचना भइरहेको छ । यसो त तीन वर्ष पहिला जापानमा बाल यौन भिडियोमा प्रतिवन्ध लगाइएको छ । यस प्रतिवन्धको बाबजूत वेश्यावृत्तिमा बालिकाको प्रयोग रोकिएको छैन ।

बीबीसीले गरेको अनुसन्धानमा टोकियोमा स्कूले किशोरीहरु बढी उमेरका पुरुषहरुसँग समय विताइररहेका भेटिए । जसबापत उनीहरुलाई रकम उपलव्ध गराइएको थियो ।

ती पुरुषहरुका अनुसार स्कूले किशोरीसँग यौनको कुराकानी गर्न र हात पकड्नका लागि कुनै समस्या नै छैन । कयौं पटक १५ वर्ष भन्दा कम उमेरका यी स्कुले किशोरीहरु विद्यालय पोशाकमा समेत फेला पर्ने गरेका छन् ।

जापानको ‘चाको इरो’ जो यौनको विषयमा बदनाम भएको स्थान हो । जहाँ ६ वर्षकी बच्चीको समेत अश्लि तस्वीर र फिल्म बन्ने गरेको छ । जापानमा बालिकालाई यौन जरुरत पूरा गर्नका लागि प्रत्साहन किन गरिदैँ छ त ?

नयाँ कानून बनेपछि बालिका र युवतीमाथिको यौन शोषण रोकिएको बताइएको छ । तर पनि आशागरे जस्तो सफलता हात लागेको छैन । बीबीसीबाट अनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?