जापानमा नेपालीहरुको आयोजनामा अहिलेसम्मकै ठुलो धन राशिको फुटसल हुँदै

टोकियो । जापानको तोचिगीमा नेपालीहरुले आयोजना गरेका हाल सम्मकै सबैभन्दा ठुलो धन राशिको फुटसल प्रतियोगिता हुने भएको छ ।

गैर आवासिय नेपाली संघ जापान, तोचिगी र नेवारी किचेनको संयुक्त आयोजनामा अप्रील २ तारिखमा उक्त प्रतियोगिता सम्पन्न गरिने छ ।
युनाईट फर नेप्लि (तेस्रो युएफएन कप) का नाममा प्रतियोगिता हुन लागेको हो । जसलाई काल भैरवले सहयोग गरेको कार्यक्रम संयोजन बिनोद गुरुङले बताए ।
आयोजक संस्था एनआरएनए तोचिगीले प्रतियोगितामा प्रथम हुने समुहले ५ लाख जापानी येन र दोस्रो हुनेले दुई लाख येन पाउने बताएको छ ।
प्रतियोगितामा सहभागिताबारे जानकारी लिनका लागि  09085697745, 08094067727, 08046729841,08065745140 मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?