जापानी रेष्टुरेण्टमा जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् है, नयाँ नियम नजान्दा जेल जानुपर्ला

जापान । जापान विश्वकै उदार अर्थतन्त्र अंगाल्ने समृद्ध देश मध्ये एक हो । जापान सरकारले आफ्ना नागरिकहरका लागि बेला बेलामा विभिन्न खाले रोचक सेवा सुविधाहरु दिइरहेको हुन्छ ।

अनि असामाजिक कार्यहरुको नियन्त्रणका लागि पनि जापान सरकारले कडा नियम बनाउने गरेको छ ।
पछिल्लो समय सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या बढ्नु र जनस्वास्थ्य खराब हुँदै जान थालेपछि जापान सरकारले रेष्टुरेण्टहरुमा सुर्चीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने प्रयत्न थालेको छ ।
अब जापानका हरेक रेष्टुरेण्टहरुमा चुरोट तथा सुर्ती सेवनका लागि निश्चित स्थानको व्यवस्था गर्नुपर्ने हुन्छ । जापानको स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयले रेष्टुरेण्टहरुमा जथावाभी सुर्तीजन्य पदार्थ सेवन गरे कडा कानुनी कारबाही गरिने प्रावधान सहितको नयाँ नियम ल्याएको हो ।
मन्त्रालयको नयाँ नियमअनुसार अब रेष्टुरेण्टहरुले २७ बर्ग मीटर सम्मको धुम्रपान कक्ष निर्माण गर्नुपर्ने, सार्वजनिक स्थानमा धुम्रपान निषेधित बोर्ड टाँस्नुपर्ने, बालबालिकाले देख्नेगरि सेवन गर्न नपाइने लगायत छन् । यदी सरकारी नियमको बर्खिलाभ भउका पाँच लाख जापानी ऐन सम्म जरीवाना तिर्नुपर्ने छ ।

यती मात्र हैन सरकारी नियमको बेवास्ता गर्नेलाई निश्चित समयका लागि जेल समेत हाल्न सक्ने व्यवस्था नयाँ नियममा समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
पहिलो पटकका लागि सचेत गराइने र दोस्रो पटक पनि यस्ता स्थानमा धुम्रपान गरिउको पाइएमा तीन देखि पाँच लाख सम्म जरीवाना गर्ने गरि कानुन निर्माण भएको हो । जापान सरकारले सन् २०२० को ओलम्पिक खेललाई सभ्य र भब्य पार्नका लागि विभिन्न खाले सामाजिक चेतनामुलक नियमहरु ल्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?