काठमाडौंको घर घरमा पाइपलाईनबाट ग्यास, जापानी कम्पनीले राख्यो परियोजना प्रस्ताव

काठमाडौं । जापानको कस्मो इन्जिनियरिङ लिमिटेडले नेपालमा ग्यास र पेट्रोलको भण्डारण विकास गर्नका लागि सहकार्य गर्ने प्रस्ताव पेश गरेको छ । बुधवार उद्योग मन्त्रालयमा कम्पनीले यस्तो प्रस्ताव पेश गरेको हो । उद्योगमन्त्री नवीन्द्रराज जाेशीसँगको छलफलका क्रममा कम्पनीका प्रतिनिधिले रियोजनाका बारेमा छलफल र प्रस्ताव पेश गरेका हुन् ।

कम्पनीले भने अनुसारको भण्डारण स्थल समेत बनाइदिने बताएको छ । कम्पनीले सातसय नौ क्युविक मिटरको ट्यांकी र २९ सय ७१ केएन ग्यास तथा पेट्रोल अट्ने ट्यांकी बनाउने प्रस्ताव पेश गर्दै यसका लागि नेपाल सरकारले सकारात्मक जवाफ दिने बताएको छ ।

कम्पनीका महाप्रबन्धक टाक नाकाले आफुहरु नेपाल सरकारको नीतिबारे मिडियामार्फत् थाहा पाएर आएको बताएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा समाचारमार्फत जानकारी पाएपछि नेपालमा लगानी प्रस्ताव लिएर आएको महाप्रवन्धक नाकाले मन्त्री जोशीलाई जानकारी दिए ।

नेपालको कन्सल्टेन्ट कम्पनी टेक्नो ट्रेन्समार्फत आयल निगममा व्यवसायिक योजना पेश गरेको पनि उनले बताए।

कम्पनीले भूकम्प प्रतिरोधी स्टोरेज बनाएर घर घरमा पाइपलाई पुर्याउने प्रस्ताव राखेको छ । प्रस्ताव पेश गर्दै कम्पनीले थाइल्याण्डको सिटीसीआई कर्पोरेसन, ताइवानको तुङवाओ कर्पोरेसन, युएईको शोआ शेल सिकाउ के के पावर कर्पोरेसन, युएईकै अबुधावी आयल कम्पनी लिमिटेड र अबुधावी सिइसी ब्रान्चमा सफलतापुर्वक काम गरेको उल्लेख गरेको छ । उक्त कम्पनीले विश्वभर केमिकल र पेट्रोकेमिकल गरी १७० वटा प्लान्टमा काम गरिरहेको प्रस्तावमा उल्लेख छ ।

जापानको टोकियोमा केन्द्रीय कार्यालय रहेको कम्पनीको जापानमा पाँच वटा र दक्षिण तथा मध्य एसिया हेर्नका लागि युएईमा अर्को कार्यालय रहेको उल्लेख छ । कुल तीन सय ९० मिलियन डलर अधिकृत पुँजी रहेको यो कम्पनीमा चारसय ५४ जना कामदारले काम गर्ने जनाइएको छ।

यदि उद्योग मन्त्रालयले स्विकृति प्रदान गरेमा आफुहरुले तत्कालै सम्भाब्यता अध्ययन थाल्ने र केही वर्ष भित्रै उपत्यकाका घर घरमा पाइपलाइन जडान गरिदिने कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?