संसदीय समितिमा प्रधानमन्त्री आवेको निर्देशन : जापानमा विवाद निकाल्नेलाई फिर्ता

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले ओसाकामा सञ्चालित एक विवादास्पद बौद्ध विद्यालयको गतिविधि रोक्न निर्देशन दिएका छन् ।


सोमबार प्रधानमन्त्री आबेले संसदको तल्लो सदनको एक समितिमा उक्त विद्यालयका बारेमा सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री आबेले बाल विहार बनाउनेहरुसँग कुनै मतलब नभएको तर उक्त विहारले गरिरहेका काम अबैध भएकाले रोक्न निर्देशन दिएको समाचारमा जनाइएको छ ।
मोरटोमो गाकुनी मा प्रिस्कुलले गरेको बालबालिकाको जघन्य खेलका बारेमा संसदीय समितिमा चर्चा भएको हो ।
यो विद्यालयमा चिनियाँ तथा कोरियायी भिक्षुहरुलाई शिक्षा दिने नाममा बालबालिकालाई जोखिमयुक्त काम लगाउने र जापानी संस्कृतिलाई खललल पुर्याउने कार्य भैरहेको भन्दै जापानमा विरोध भैरहेको थियो ।
चीन सागर र जापान सागरको बीचमा जापान नियन्त्रीत क्षेत्रमा अबैध कार्य भैरहेको र बालबालिकालाई प्रयोग गरिएको विषय संसदीय समितिमा प्रवेश भएपछि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?