जापानकाे अनाैठाै पर्व ‘नग्न महाेत्सव’

जापान । जापानमा  मनाईने विभिन्न पर्व मध्ये एक हो ‘नग्न महोत्सव’। शनिबार जापानको वाकायामा शहरस्थित साइदाजी मन्दिरमा  नग्न महोत्सव मनाउन अाएका हजारौं युवाहरुको बाक्लो भिड लागेको थियो । 

ऐतिहासिक महत्व बोकेको यस पर्वलाई जापानी नागरिकहरुले १६औं शताब्दी देखि मनाउदै आईरहेका छन ।

यस पर्वमा मध्य राति मन्दिरको झ्यालबाट दुईवटा काठकाे लट्ठी फालिन्छ । यसरि फालिएको काठको लट्ठी पाउने दुई व्यक्तिलाई वर्षकै सर्वाधिक ‘लक्की म्यान’को उपाधि दिईन्छ ।

जापानको साईदाजी मन्दिरमा मनाईएको सो पर्वमा लगाैटी मात्र लगाएका दश हजार जापानी युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?