के होला अब अमेरिका–जापान सम्बन्ध, आबेले सुनाए यस्तो योजना

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यो साता हुने भेटवार्ताले दुई देश बीचको समबन्धलाई ऐतिहासिक मोडमा पुर्याउने बताएका छन् ।

आबेले यही शुक्रबार ट्रम्पसँग भेटवार्ता गर्दै छन् । यहि सन्दर्भलाई लिएर आबेले जापानका उच्च राजनीतिज्ञहरु र सत्तारुढ गठबन्धनका नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन् ।
आबेले आज जापानी संसदका सभामुख र प्रतिपक्षी दलका नेतासँग पनि भेटवार्ता गर्दै छन् भने सोमबार सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए ।
छलफलका क्रममा आबेले जापान र एसिया प्रशान्त क्षेत्रको शान्ति र स्थायीत्वका लागि जापानले गरिरहेको पहलका बारेमा ट्रम्पसँग कुराकानी गर्ने बताए ।
उनले एसिया प्शान्त क्षेत्र विश्व शान्तिको नमुना बन्ने र ट्रम्पसँग नयाँ समझदारी गरेर अघि बढ्ने बताए । आबेले राष्ट्रिय हित विपरित आफुले कुनै पनि कार्य नगर्ने पनि बताए ।
आबेले जापानी रक्षा मन्त्री जिम मैटिकसँग गत हप्ता भएको जापान अमेरिका सुरक्षा सन्धीको अनुच्छेद ५ अनुसार पुर्वी चीन सागरमा आफुहरुको सक्रियता बढ्ने र यसले जापानलाई थप मजबुत पार्ने पनि बताए । यस बारेमा ट्रम्पसँग थप छलफल हुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?