१२० किलोमिटरको स्पिडमा दौडिरहेको रेलका चालक नै निदाएपछि…

टोकियो । १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडिरहेको रेलका ड्रइभर मस्त निदाउँदा योकोहामादेखि कामताका लागि छुटेको रेलका यात्रुहरु त्रसित भए ।

मदिरा सेवन गरि रेल चलाउन थालेका २९ वर्षीय चालक रेलको गति १२० किमि पुगेपछि निदाएका थिए ।

काइचान इलेक्ट्रिक रेलवे कम्पनीले ड्राइभरको कमजोरी देखिएको तर, रेल सुरक्षीत अवतरण भएको बताएको छ ।

रेलमा यात्रारत एक यात्रुले चालक निदाएको देखेपछि उनलाई बोलाउन खोजेको र उनले वास्ता नगरेपछि ति यात्रुले रेलवे कम्पनीमा सम्पर्क गरेका थिए ।

चालकले मदिरा पिए नपिएको बारेमा अध्ययन भैरहेको पनि कम्पनीले जनाएको छ । आइतबारको उक्त घटना मंगलबार मात्र सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?